युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा दुई दिनमा ३ जना प्रमुख ?



भगवती तिमल्सिना, काठमाडौ (नेस) ।

युनिफाइड केन्द्रीय अस्पताल (वीर) को निमित्त प्रमुख कार्यकारी अधिकारी प्रा.डा.भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन्  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले गरेकाे निर्णय बदर गर्दै मंगलबार उक्त पदमा प्रा.डा.भुपेन्द्र बस्नेतलाई नियुक्ती गर्ने निर्णयले स्वास्थ्य मन्त्री र राज्य मन्त्रीको निर्णय बाझिएको स्पष्ट पारेको छ ।

सोमबार मन्त्री स्तरिय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रा.डा. जागेश्वर गौतमलाई वीर अस्पतालबाट प्रसुतिगृह सरुवा गरि वीरमा डा.गौतमको स्थानमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए  । तर प्रधानमन्त्रीले यो निर्णय बदर गर्ने वित्तिकै वीरले दुई दिनमा ३ जना प्रमुख कार्यकारी अधिकारी पाएकाे छ ।

डा. बस्नेत यसअघि वीर अस्पतालको कार्यकारी निर्देशक समेत भैसक्नु भएको र सोही अस्पतालमा कार्यरत छन् । राज्य मन्त्री श्रेष्ठले सोमबार डा. गौतमको प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गर्ने निर्णय गरेकोलाई भने प्रधानमन्त्री देउवाले सदर गर्दै वीरको निर्णयलाई बदर गरेका हुन  ।

प्रतिक्रिया दिनुहोस्