निर्वाचन अयोगद्वारा ४१ दलको दर्ता खारेज (सूचीसहित)


न्युज अफ नेपाल , काठमाडौं ।

निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दललाई बुधबारदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।