दाङमा अत्याधुनिक हतियारसहित दुई भारतीय नागरिक पक्राउ



नरेन्द्र केसी , दाङ ।

दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।

पूर्व–पश्चिम राजमार्ग स्थित दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौलीमा शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा भारतको सिद्धार्थनगर पञ्चायत वडा नं। ३ निवासी २२ बर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्दनगर ८ निवासी १९ बर्षीय राजा खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिल्लामा पेस्तोल विक्री वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेका हुन्। कहाँ लैजान लागेको, कहाँबाट ल्याएकोलगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्