उपचार गरेर फर्किने क्रममा कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा छोरी घाइते


न्युज अफ नेपाल ,धनगढी ।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा कर्णाली नदीमा जीप खसेर दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको खसेको हो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरुमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ । बेपत्ता भएको दम्पती खोजी कार्य भइरहेको छ ।