लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका ३ सांसद पदमुक्त


न्युज अफ नेपाल ,बुटवल ।

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का ३ जना सांसद पदमुक्त भएका छन् । सांसदबाट पदमुक्त भएका तीनै जना अहिले लुम्बिनी सरकारका मन्त्री पनि हुन । सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कल्पना पाण्डे उद्योग वन तथा वातावरण मन्त्री छन्।

प्रदेशसभा सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।