लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण



यमलाल भुसाल , बुटवल ।

लुम्बिनीका नवनियुक्त प्रदेशप्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ् । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

शेरचन नियुक्त भएसँगै यादव बिहीबार नै बिदाइ भएर जानु भएको थियो ।शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमा कान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

केपीओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त ग-यो ।गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनःमुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट बनेकाथिए ।

प्रतिक्रिया दिनुहोस्