महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै


काठमाडौं, (नेस) 

महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०–प्वाइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहार पनि प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहकको सेवा सुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–प्वाइन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।महिन्द्रा मनसुन सर्भिस क्याम्प नेपालभरका सर्बै आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ