कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, विद्यार्थीले होम सेन्टरबाटै दिन पाउने


न्युज अफ नेपाल,काठमाडौं ।

कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेकाले यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएपनि १२ को आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

साउन ३१ गतेबाट शुरु हुने परीक्षा भदै ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।