स्विडेन ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा


टोक्यो, (एजेन्सी)   । 

स्विडेनले शत प्रतिशत नतिजा निकाल्दै जारी टोक्यो ओलम्पिकअन्तर्गत महिला फुटबलतर्फ क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
मंगलबार समूह ‘जी’ को अन्तिम खेलमा स्विडेनले न्युजिल्यान्डलाई २–० ले हराएको हो । स्विडेनले यसअघि डिफेन्डिङ च्याम्पियन अमेरिकालाई ३–० ले स्तब्ध तुल्याएर ओलम्पिकमा शानदार शुरूवात गरेको हो । अर्को खेलमा भने स्विडेनलाई अस्टे«लियाबाट कडा चुनौती आएको थियो, तर ४–२ को जित निकाल्न सफल भएको थियो ।

स्विडेनको जितमा अन्ना एन्भेगार्डले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । यसपछि ३० औं मिनेटमा माडेलेन जानोगेले गोल गरेपछि स्विडेनले समूह चरणमा शत प्रतिशत नतिजा निकाल्न सफल भयो । उक्त समूहको अर्को खेलमा अमेरिका र अस्टे«लियाले गोलरहित बराबरी खेलेका छन् । तर, अमेरिका गोल भिन्नताको आधारमा ४ अंकसहित अन्तिम आठमा पुगेको छ । अस्टे«लियाको पनि ४ अंक छ ।