१० मिलियनले पछ्याए जरिनलाई


फिल्म वीरबाट बलिउड यात्रा तय गरेकी अभिनेत्री जरिन खानले खास पहिचान बनाएकी छिन्।सामाजिक सञ्जालमा निकै सक्रिय रहन मनपराउने जरिनको हालै मात्र इन्स्टाग्राममा १० मिलियन फलोअर्स पुगेको छ।

आफ्नो १० मिलियन फलोअर्स पुगेपछि जरिन निकै खुसी छिन्। यही अवसरमा इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले लेखेकी छिन्’ ‘म आज निकै खुसी छु कि इन्स्टाग्राममा हाम्रो परिवार १० मिलियन पुगेको छ। यस वर्ष माया र सम्मानको वर्षा गराउनुहुने सबैलाई म धन्यवाद भन्न चाहन्छु।’

सलमान खानका साथ बलिउड डेब्यु गर्दा सलमानले नै भित्र्याएका अर्की अभिनेत्री कट्रिना कैफको साथ निकै तुलना गरिएकी जरिनले रेडी, हाउसफुल, दस्तकलगायतका फिल्ममा अभिनय गरेकी छिन्।