देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७८


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।