सुर्खेतमा छ जना फरार अभियुक्त पक्राउ


दिपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतमा फराररहेका छ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेकोछ ।सुर्खेत जिल्ला अदालतको फैसलावाट फरार सुचिमा रहेका छ जना अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई सुर्खेतका विभिन्न स्थानवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।अदालतले ठगी मुद्दामा छ महिना कैद र रु छ हजार जरिवान तोकिएका वीरेन्द्रनगर–५ सुर्खेतका ५५ वर्षीय पुर्ण बहादुर सार्की, र दाङ घर भइ हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाइ रहेको प्रहरी प्रवक्ता डिएसपी घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिखित वेईज्जती मुद्दामा रु तीन हजार जरिवना तोकिएका वीरेन्द्रनगर–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय जरिवना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका क्रमश २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङ पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता घर्तीले वताउनुभयो । पक्राउ परेको उनीहरुलाई सुर्खेत जिल्ला अदालतमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।