हस्ताक्षरका लागि निर्वाचन आयोगमा रेशम चौधरी


न्युज अफ नेपाल ,काठमाडौँ ।

जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित भएका छन् । हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडानपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको हो ।

जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर सहभागी भएका हुन् । आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो ।

उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ ।