भदौ १६-१९ मा कांग्रेसको केन्द्रिय महाधिवेशन नहुने पक्का


रामकृष्ण चापागाईं, काठमाडौं  । 

क्रियाशिल सदस्यता विवाद टुङ्गाउन नसक्दा मंगलबार देखि शुरु हुने भनिएको नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित भए संग संगै तोकिएको समयमा केन्द्रिय महाधिवेशन नहुने पक्का भएको छ ।

यस अघि तय भएको महाधिवेशनको कार्यतालिका अन्तर्गत यहि साउन १२ गते देखि तल्लो तहको अधिवेशन शुरु गरिने भनिएको थियो । भदौं १६ देखि १९ गते सम्म काठमाडौंमा १४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको काग्रेसले १२ गते वडा, गाउँपालिका र नगरपालिका साउन १६ गते, प्रदेश क्षेत्रिय अधिवेशन साउन २० गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन  २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन  साउन  २६ गते र प्रदेश अधिवेशन भदौं १ र २ गते गर्ने निर्णय गरिएको थियो ।शनिवार बसेको पदाधिकारी बैठकले तोकिएको समयमा तल्लो तहको अधिवेशन गर्न नसक्ने निर्णय गरेसंगै काग्रेस महाधिवेशन अनिश्चित बनेको छ । संविधानअनुसार पनिभदौ १९ सम्म महाधिवेशन गरिसक्नु पर्ने बाध्यतामा रहेको काग्रेसले तल्लो तहको अधिवेशन स्थगित गरे पनिअर्को कार्यतालिका बनाएको छैन ।संविधान अनुसार १३औं महाधिवेशन बाट निर्वाचित कार्य समितिको साढे पाच वर्षको म्यादभदौं १९ मा सकिने छ ।

यो अन्तिम समय सम्म पनि महाधिवेशनन हुने निश्चित भएसंगै काग्रेसका शीर्ष नेताहरु विकल्प खोजिर हेका छन् । संवैधानिक अप्ठेरो उत्पन्न भएपछि महाधिवेशनको मिति कसरी ढकेल्ने भन्ने विकल्पबारे छलफल गर्दा अहिलेसम्म सबै भन्दा उत्तम विकल्प भदौ १९ देखि वडा अधिवेशन शुरु गर्ने गरि कार्यतालिका सार्वजनिक गर्ने तयारी भैरहेको छ ।अनौपचारीक कुराकानीका क्रममा काग्रेसका एक शीर्ष नेताले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार अहिले साउन १२ बाट वडा अधिवेशन शुरु गरेर भदौ १९ मा केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने भनिए जस्तै भदौ १९ वाट वडा अधिवेशन शुरु गरेर एक महिना समय बढाउन सकिन्छ ।विकल्पको खोजि गर्दा सबै भन्दा उत्तम विकल्प यहि रहेको अहिले सम्मको छलफलमा यहि आएको र अन्यविकल्पबारे पनि छलफल हुने ती नेताले बताएका छन् । काग्रेस नेता अर्जुन नरसिंह केसिले जानकारी दिए अनुसार श्रावण १२ गते देखि शुरु हुने तल्लो तहको अधिवेशन हाललाई स्थगित गर्ने निर्णय भएको छ भने छिट्टै अर्को कार्यतालिका सार्वजनिक गरिने शीर्ष नेताहरु वीच सहमति भएको छ ।

१४औं महाधिवेशनको लागि शतप्रतिशत क्रियाशिल सदस्य थपेको काग्रेसभित्र मुख्य विवाद क्रियाशिल सदस्यता वितरणमै रहेको छ । क्रियाशिल सदस्यता विवाद समाधान गर्न नेता रमेश लेखकको संयोजकत्वमा गठित छानविन समितिले असार मसान्त सम्म काम सम्पन्न गर्ने भने पनि हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन । नेता केसीले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार क्रियाशिल सदस्यता छानविन समितिले १२ गते नै सभापति शेरवहादुर देउवालाई प्रतिवेदन बुझाउने भनेको छ । क्रियाशिल सदस्यताबारे बारा, सप्तरी, सिराहा, सर्लाहि, धनुषालगाएतप्रदेश २ को अधिकाशं जिल्लामा विवाद रहेको छ । मनोमानि ढंगले क्रियाशिल सदस्यता वितरण गरेको भन्दै यसलाई सच्चाउनु पर्ने माग गरि पार्टी केन्द्रिय कार्यालय सानेपामा जिल्लाका नेता तथा कार्यकर्ताहरु आमरण अनसन तथ धर्ना बसेर समेत विरोध जनाइरहेका छन् ।

अधिवेशन अनिश्चित बन्दै गए पनि अर्को कार्यतालिका तयार गर्न केन्द्रिय समिति बैठक तत्काल आव्हान गरिएको छैन । ‘सिमित समय भित्र महाधिवेशन गरिसक्नु पर्ने छ, माहाधिवेशनलाई भदौ १९ पछि सार्न नहुने संवैधानिक वाध्यता छ’ नेता केसीले भन्नुभयो– अब यो वात्यो वहाना बनाएर जालझेल गरेर महाधिवेशनको मिति ढकेल्न सम्भव छैन ।

तल्लो तहको अधिशन स्थगिभए संगै केन्द्रिय मधिवेशन प्रभावित हुने बारे राखिएको जिज्ञासामा काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुहुन्छ– अहिले श्रावण १२ गते हुने भनिएको वडा अधिवेशनमात्र स्थगित गरिएको हो । केन्द्रिय महाधिवेशनको कार्य तालिका हेरफेर गर्ने बारे अहिले कुनै छलफल भएको छैन । प्रत्येक अधिवेशनमा काग्रेसको क्रियाशिल सदस्यता वितरण बारे विवाद हुने गर्छ । क्रियाशिल सदस्यता विवाद काग्रेसको ‘महा रोग’ जस्तै भएको छ । क्रियाशिल सदस्यहरुले नगर सम्मको नेतृत्व प्रत्यक्ष मतदानद्धारा निर्वाचित गर्छन भने क्षेत्रिय प्रतिनिधि पनि प्रत्येक वडा बाट क्रियाशिल सदस्यहरुले नै निर्वाचित गरि पठाउछन । क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै महाधिवेशन प्रतिनिधि चयन गर्छन । महाधिवेशन प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्छन ।

कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भि मतदाता हुन्। क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन्।क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वकासाथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनगर्ने कांग्रेसको विधानको व्यवस्था छ।कांग्रेसमा१४औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्यरहेका छन्।