नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षको बैठक


न्युज अफ नेपाल काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ। साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागेको हो । महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।

आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।