लगानी वृद्धि गर्न निजी क्षेत्रलाई प्रमको आग्रह


 काठमाडौं, (नेस)  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताउनुभएको छ। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल– स्वदेशी’ अभियान नेपालकोअर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताउनुभयो। उहाँले नेपाली वस्तुकोउत्पादन र उपभोग बढाउन यस अभियानले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताउनुभयो।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको उल्लेख गर्दै नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गर्नुभयो।‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौं,’ भन्नुभयो–‘यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ।’परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन रयसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताउनुभयो।