२३ जना निवेदककर्ताकाे भोट देउवालाई : नेतृ झाँक्री


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् ।

प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिने भन्ने हुन्छ । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्टमा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताईन् । उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यवाधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।