नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी


काठमाडौं ।

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो ।

बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् ।गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।