विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा


न्युज अफ नेपाल , काठमाडौं ।

 पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबाहादुर देउवाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठक दुई खण्डमा राखेर विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको निकट स्रोतले जनाएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।