प्रतिनिधिसभा बैठकअघि कांग्रेस र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक


न्युज अप नेपाल , काठमाडौं ।

पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले खेल्ने भूमिकाबारे संसदीय दलका नेता देउवाले निर्देशन दिने उनी निकट एक नेताले बताए ।

यसैगरी बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।