न्युज अफ नेपाल ,काठमाडौ ।
सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्न अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए छन् ।
बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि थप छलफल हुने नेताहरुले बताएका छन्।
प्रतिक्रिया