विश्वभर ३ अर्ब ५७ करोड मात्रा खोप लगाइयो


काठमाडौं, (नेस) । 

विश्वभर ३ अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका देश देशमध्ये चीनमा १ अर्ब ४२ करोड ६३ लाख ४७ हजार, भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८ सय ७९, अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३, ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १ सय ५२ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

यसै गरी, जर्मनीमा ८ करोड ४९ लाख ८९ हजार ८ सय ५०, बेलायतमा ८ करोड २३ लाख ९२ हजार १ सय ९४, जापानमा ६ करोड ६७ लाख १४ हजार ५ सय २८, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८ सय ०५, टर्कीमा ६ करोड २४ लाख १२ हजार २ सय ३४, इटालीमा ६ करोड ५ लाख ७१ हजार ३ सय ४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको एजेन्सीहरुले जनाएका छन् ।