काठमाडौंमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

1.22k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

यससँगै आज उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।