धादिङमा जलविद्युत निर्माणको नाममा अवैध रुपमा वन फँडानी


काठमाडौं ।

धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन संचालन भइरहेको छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना निर्माणका क्रममा सडक बनाउन रुवी भ्याली गाउँपालिकाको
वडा नम्बर ४ र ५ मा करिव एक हजार रुख काटिएका छन् ।

आयोजनाले प्रदेश सांसद जगत सिंखडा, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत स्थानीय सरकारका उपाध्यक्ष एवं वडाअध्यक्षहरूलाई समेत आर्थिक प्रलोभनमा पारेका छन् । आयोजनाको काम अगाडि बढाउँदा वातावरणीय पक्षमा ध्यान दिनुपर्ने तालुकवाला निकाय जिल्ला वन कार्यालय धादिङकोसमेत यो प्रकरणमा मिलेमतो रहेको देखिएको छ । वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोपन आवश्यक जग्गाको
प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुन उल्ललेख छ ।

आयोजनाले जिल्ला वन कार्यालय धादिङको संरक्षणमा गाउँपालिका र प्रदेश सांसदसँगको मिलेमतोमा राज्यलाई करोडौंको नोक्सानी पुर्‍याएको छ भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी भ्यालीलाई उजाड बनाएको छ ।  महानिर्देशकले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा दोषीलाई कारवाही गर्न गरेका छन् ।