मोतीराम तिमल्सिना , काभ्रे ।
वातावरण दिवस तथा कालिजंग गण धुलिखेलको २ सय १७ औ बार्षिकोत्सवको पुर्व सन्ध्यामा विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।वातावरण संरक्षण गर्ने उदेश्यले विभिन्न जातका विरुवाहरुको रोपण गरिएको नेपाली सेना कालिजंग गणले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बृक्षारोपणको शुभारम्भ गर्नु भएको थियो । साउन १ गते संक्रान्तिको समेत अवसरमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु सहभागि उक्त कार्यक्रममा ब्यारेक परिसरमा बृक्षारोपण गरिएको थियो । ‘बातावरणलाई संरक्षण गर्ने उदेश्यले कागती, एभोगाडो, धुपी, तेजपत्ता, मसला जातका झण्डै एक हजार विरुवाहरुको रोपण गरिएको छ’–कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘एकै दिन सिन्धुपाल्चोकको मेलम्चीमा २ सय वटा, पनौतीमा ५० वटा, नमोबुद्ध नगरपालिकामा रहेको बाहिनीमा २ सय वटा र धुलिखेलको ब्यारेक परिसरमा २ सय ७५ वटा विरुवाहरु रोपिएको छ ।’ धुलिखेलमा रहेको डिभिजन बन कार्यालयले उक्त विरुवाहरु उपलब्ध गराएको कर्णेल मिलन थापाले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा नेपाली सेनाका कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, शशस्त्र एसपी महेश केसी, डिएस्पी हरि खतिवडा, राष्ट्रिय अनुसन्धानका डिएस्पी अरुण कार्की, डिभिजन वन कार्यालयका प्रमुख देविचन्द्र पोखरेल, वडा अध्यक्ष विष्णु धिताल लगायतले विभिन्न विरुवाहरु रोपण गर्नु भएको थियो । कालिजंग गणले वातावरण संरक्षणका लागि बृक्षारोपण लगायतका अन्य कार्यक्रमहरु पनि गर्ने योजना बनाएको कर्णेल मिलन थापाले जानकारी दिनु भयो ।बार्षित्कोत्सवको अवसरमा नेपाली सेनाले आन्तरिक प्रतिस्पर्धात्मक खेलकुदका कार्यक्रमहरु संचालन गरिरहेको छ । विभिन्न विद्यामा प्रतिस्पर्धा गरी विजयी भएकाहरुलाई बार्षिकोत्सव कार्यक्रममा पुरस्कृत गरिनेछ ।













प्रतिक्रिया