देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले बताए ।यस्तै विवाद समाधान कार्यदलले विवाद समाधानका लागि बनाएको १० बुँदे सहमतिको मस्यौदा स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट कार्यदलमा सहभागी नेताहरुले १० बुँदे सहमतिको प्रस्ताव तयार गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो ।