ललितपुरको च्यासलस्थित एमाले स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा नेकपा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ। पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने बताएका थिए। आफूहरूको असहमतिकै बीच बैठक राखे त्यसले पार्टी एकता प्रक्रियालाई सहयोग नगर्ने उनीहरूको भनाइ छ। स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ।