बालुवाटार प्रवेश गर्दै प्रधानमन्त्री देउवा


न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी प्रधानमन्त्री नियुक्न भएपछि ४ दिन आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आएका थिए

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार नै सरकारी निवास बालुवाटार छाडेका थिए ।