घरमै स्टुडियो, सँगै सांगीतिक सल्लाहकार दिनरातै गायकी


रश्मी थापा

करिब साँढे दुई दशकदेखि गायनमा सक्रिय छिन् गायिका बुनु श्रेष्ठ। तर, गायन करियर र व्यस्तताले भने अहिले छोपेको छ। उनको गायन जीवन वैवाहिक सम्बन्धमा जोडिई, बाबु नानी हुक्र्याैएर घर व्यवहार मिलाएपछि झनै मौलाउन पुगेको छ।

बिहे बन्धनमा बाँधिएपछि पारिवारिक कारण बीचमा गायन यात्रालाई थाँती राख्नु परे पनि पछि केही समययता भने यो यात्रालाई थप अगाडि बढाउन सरल भएको छ उनलाई। त्यसैले, पछिल्लो समय गीत गायनमा व्यस्त हुन थालेकी छिन् उनी। घरमै सांगीतिक वातावरण भए पनि सानोमा गायिका नै बन्छु भन्ने सोच नराखेकी बुनु काठमाडौं अँएको बेला रेडियो नेपालले आयोजना गरेको देशव्यापी गायन प्रतियोगितामा भाग लिएपश्चात् अचानक गायन क्षेत्रमा जोडिइन्। ‘सानैदेखि जमघट गर्ने गीत गाउने माहोल थियो। तर, गायिका नै बन्छु भन्ने सोच थिएन। घरको सांगीतिक माहोलका कारण ममा पनि गाउने क्षमताचाहिँ रहेछ। जुन मैले अलि पछि महसुस गरे ’ गीत गायनको शुरुआती दिन सम्झिँदै बुनु भन्छिन् ‘एसएलसी सकेर काठमाडौं घुम्ने क्रममा रेडियो नेपाल घुम्न गएको थिएँ। त्यहाँ देशव्यापी गायन प्रतियोेगिता हुन लागेको रहेछ। मलाई तिमी त सानोमा नाच्ने गाउने मान्छे ट्राई गरे हुन्छ नि भन्ने सल्लाह आयो। मलाई पनि मलाई पनि म गाउन सक्छु भन्ने फिल भयो र ट्रायल दिन गएँ। नभन्दै म फस्ट भएँ। गाएर स्टेजबाट झरेपछि धेरै एल्बममा गीत गाउने अफर आयो। पहिलो प्रयासमा नै सफलता मिलेपछि अब संगीतमा केही गर्नुपर्छ भन्ने भित्रदेखि नै आयो। र गीत गाउनमा अघि बढ्दै गएँ।

बुनुको स्वरमा २०५३ सालमा पहिलोपटक रेकर्ड भएको त्यो रातो माटो उकालो बाटो बोलको पँर्वेली लोक गीत त्यति बेला निकै चर्चित भयो। त्यसपछि झिमझिम परेलीमा, बुलबुल तालैमा, धान झुलेको छ, रायो चम्सुर, सलल काबेली खोला फेरी भेट होला की नहोला, सुपारी कुटुक्क, लुकीचोरी, तिमी मलाई गुन्यु चोली राम्रो, साथ हुँदैमा पैसाको खुशी कहाँ मिल्छ र, तिमी ओके भन्दैनौलगायतका लोक, आधुनिक, भजन, गीत गजल, राष्ट्रिय गीतलगायतका विभिन्न विधाका करिब साढे दुई सय गीतमा उनले आप्mनो सुरिलो स्वर भरेकी छिन्। विभिन्न कलेक्सन एलबमका लागि गाउनुका साथै २०५७ सालमा बुनुको एकल एलबम लुकीचोरी पनि प्रकाशित भयो। बुनुले सांगीतिक ज्ञान लिने क्रममा बुनुले पुष्परत्न तुलाधर, कृष्णमान डंगोल, भरत लामा, गुरु कामद, चण्डीप्रसाद काफ्ले, फत्तेमान राजभण्डारी, भारतीय गुरुआमा दीपशिखा राहुललगायतका साथ संगीत सिकेकी छिन्। ‘गायक स्व. फत्तेमान राजभण्डारी काका ससुरा पर्नुहुन्छ। उहाँसँग पनि मैले संगीतको ज्ञान लिने अवसर पाएँ। उहाले दुई ओटा गीत दिनुभएको थियो। अर्को गीतचाहिँ रेकर्ड हुने तरखर हुँदै गर्दा उहाँले छोडेर जानुभयो। उहाँले दिनुभएको पुरानो कथा बोलको गीत एरेन्ज भइरहेको छ उक्त गी छिट्टै दर्शक श्रोतामाझ ल्याउँदैछु’ बुनुले सुनाइन्।

पछिल्लो समय सांगीतिक क्षेत्रमा लाग्नेहरूका लागि पहिलेभन्दा निकै सहज वातावरण रहेको बुनुको अनुभव छ। ‘संगीतमा लाग्न चाहने नयाँ भाइबहिनीको लागि अहिले धेरै सजिलो छ। म संगीतमा लाग्ने बेलामा गीत गाउन चाहनेका लागि रेडियो नेपाल एक मात्र प्ल्याटफर्म थियो। जहाँ भ्वाइस टेस्टका लागि ६ महिना, १० महिना पालो कुरेर गीत रेकर्ड गर्नुपर्ने हुन्थ्यो। धेरैजना दिग्गज व्यक्तिको अगाडि बसेर भ्वाइस टेस्ट दिँदा कतिपय त नर्भस भएर गाउन पनि सक्दैनथे। गीत गाउन लाइन बसेर पनि कति त लाइन छोडेर पनि जानुहुन्थ्यो। एक त त्यो बेला रेडियोमा छिर्नु नै गाह्रो थियो त्यसमा पनि त्यो बेला ट्रयाकिङ सिस्टम नभएकोले वान टेक ओके गर्नुपथ्र्यो। अहिले त सबैको हात हातमा प्ल्याटफर्म छ। आफुँसँग स्किल छ भने गाएर युट्युबमा राखे पनि भयो। त्यसबाट पनि कति अवसर पाइरहेको हुन्छ’ बुने भन्छिन्।गायन यात्राकै क्रममा साउन्ड इन्जिनियर महेश्वरमान राजभण्डारीसँग प्रेम विवाह गरेकी बुनुले विवाहपछि आफँलाई गीत संगीतमा लाग्न निकै सहयोग भएको बताउँछिन्। ‘श्रीमान् आफै संगीत क्ष्त्रमा स्थापित नाम हुनुहुन्छ। उहाँ काठमाडाै र म पँर्वको भए पनि पोखरामा गीत संगीतकै कार्यक्रममा भेट भएको थियो। उक्त कन्सर्टमा म गायिका र उहाँ साउन्ड इन्जिनियरको रूपमा सहभागी थियौँ। उहाँसँग भेटेपछि गायकीलाई अझै निखार ल्याउनका लागि संगीत सिक्नुपर्छ भन्ने सल्लाह दिइरहनुहुन्थ्यो। विवाहपछि पनि घरमा निकै सपोर्ट पाइरहेको छु। ८५ वर्षीया सासु आमा पनि संगीतमा रुचि राख्नुहुन्छ। रेडियो र टेलिभिजनमा मेरो गीत आएपछि निकै खुसी भएर तिम्रो गीत आइरहेको छ भनेर बोलाउनुुहुन्छ। ८ वर्षको छोराले पनि मेरो गीतहरू सुनेर हेरेर, अझ गीतहरू गाउनुप¥यो भनिरहेको हुन्छ भने छोरीले पनि निकै सपोर्ट गरिरहेको हुन्छे’ उनले खुसी साट्दै भनिन्।

केही वर्षयता पतिका साथ स्टुडियो साउन्डमिल नामक रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेकी बुनु श्रीमान् संगीत क्षेत्रमै भएका कारण आफ्नो संगीत यात्रा सहजरूपमा अघि बढेको बताउँछिन्। अरू फिल्डको भएको भए धेरै कुरा बुझाउनुपर्ने हुन्थ्यो होला। तर, उहाँलाई शुटिङमा जानदेखि हरेक कुरामा मुखले भनिराख्नु पर्दैन, बुझ्नुहुन्छ। आफ्नै घरमा स्टुडियो भएको र संगीतसम्बन्धी ज्ञान भएको श्रीमान् हुनुभएकोले गीत संगीतबारे कोसँग सल्लाह गर्ने भन्ने चिन्ता छैन। घरमै स्टुडियो भएकोले समयको कुनै परवाह हुँदैन, कसरी आउटपुट राम्रो निकाल्ने भन्नेमा मात्र ध्यान हुन्छ। अन्य काम जाने पनि सबै त्यागेर यही क्षेत्रमा म्युजिकलाई नै प्राथमिकता दिएर कन्ट्युनिटी दिइरको छु। आफँ मरेर गए पनि मान्छेको मनमा बस्न सफल हुने खालका गीत संगीत दर्शकलाई पस्कने चाहना छ’ बुनु भन्छिन्।

तीन दशकदेखि संगीत क्षेत्रमा सक्रिय साउन्ड इन्जिनियर श्रीमान् महेश्वरमान राजभण्डारीले बुनुलाई शब्द छान्नेदेखि संगीत एरेन्जलगायत प्राविधिक विधामा सल्लाह दिइरहने गरेको बताउँछन्। ‘म आफैपनि गिटारिस्टको रूपमा संगीत क्षेत्रमा प्रवेश गरेको मान्छे, संगीतमा रुचि भएको कारण मैले बुनुलाई गायनको हरेक पक्षमा सर सल्लाह दिइरहेको हुन्छु’ महेश्वरले आफ्नो सांगीतिक यात्रा सम्झँदै भने— ‘म, गायक साथी स्व. सुनील बर्देवा लगायत हाम्रो ६ जनाको सांगीतिक ब्यान्ड थियो। ९० को दशकको हाम्रो ब्यान्ड निकै फेमस थियो। २०५७ सालमा मेरो ब्यान्डको लिड गिटारिस्ट तथा गायक सुनील बर्देवालाई बुनुको लागि एउटा गीत बनाइदिनुप-र्यो भनेको थिएँ। बुनुल नै लेखेको तीन—चारवटा मध्ये झिमझिम परेली बोलको गीत छानेर ३-४ घण्टामा संगीत भरेर त्यही दिन नै रेकर्ड गरिएको थियो। उक्त गीत २०५७-५८ तिर निकै हिट भयो भने २०५८ सालमा उक्त गीतले इमेज अवार्डमा गायिका विधाको अवार्डसमेत जित्न सफल भएको थियो।’बुनुले पछिल्लो समयमा तारादेवी, नारायणगोपाल, प्रेमध्वज प्रधानजस्ता अमर संगीत साधकका कालजयी गीतमाथि कभर सङ बनाएर वाहवाही कमाइरहेकी छिन्।