मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । साढे १२ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा संसद्‌ अधिवेशन आह्वान लगायतका विषयमा छलफल भइरहेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक बोलाउन आदेश दिएको थियो ।