पुनर्निर्माणका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा


काठमाडौं, नेस ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपियाँ निकासा भएको हो ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । त्यसअघि असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।