चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय


काठमाडौ‌ ।

सरकारले चैतसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नेपालीलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो ।

आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय पनि भएको छ ।