नयाँ मन्त्रीलाई सहयोग गर्न पौडेलको आग्रह


काठमाडौं, (नेस)  । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै आफूलाई जस्तै अब आउनुहुने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दूरगामी काम गर्न सकेको बताउनुभयो ।