एमाले स्थायी कमिटी बैठक स्थगित


न्युज अफ नेपाल, काठमाडौं ।

आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।