ओलीले बालुवाटार छाड्नुअघि आज देशवासीको नाममा सम्बोधन गर्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।