माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल ,काठमाडौं ।

सर्वोच्च अदाललते प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी  बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कसलाई मन्त्रीमा पठाउने भन्नेबारे स्थायी कमिटी सदस्यहरुसँग सुझाव लिने दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आज ५ बजे सपथ हुँदैछ । देउवाले माओवादीका पनि केहीलाई समेटर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।