यो झरीमा विनोद र शशिका


नेपालीतारा सिजन—३ बाट चर्चामा आएका गायक विनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका शशिका राईको गीत रिलिज भएको छ।

एकैसाथ यो झरीमा बोलको गीत देबवेश शशिका युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतमा इन्दु तामाङको शब्द तथा नेपाली तारा सिजन—३काफस्ट रनर्स अप देवेश राईको संगीत र एरेन्ज रहेको छ।

गीतको म्युजिक भिडियो फराज अर्पणले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा प्रवीण राई र अञ्जना बराइलीको अभिनय गरेका छन्। गीतको भाव र म्युजिक भिडियोको कथाअनुसार प्रवीण र अञ्जनाले उत्कृष्ट काम गरेका छन्। प्रवीण र अञ्जनाको जोडी पनि जमेको छ। भिडियोको निर्देशनसँगै छायांकन र सम्पादन फराज अर्पणले गरेका छन्।