वीरगन्जको बीपी उद्यानको मुहार फेर्दै महानगरपालिका

7.71k
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको मुटु घण्टाघर चोकमा नै रहेको वीरगन्जको बिपी उद्यानको समग्र क्षेत्रको बिकासका लागि वीरगन्ज महानगरपालिका तातेको छ । नगरप्रमुख विजय कुमार सरावगीले वीरगन्जको घण्टाघर चोक छेउमै रहेको विपी उद्यानको जग्गामा महानगरपालिकाको नगरसभामा पास भएको निर्णय अनुसार बिभिन्न कुराहरु निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले विपी उद्यानको जग्गामा महानगरपालिकाले नगरसभाको निर्णय अनुसार उद्यानको १० बिघा जग्गामा पार्क सहितका विभिन्न भौतिक संरचना निर्माण कै अहिले काम भइरहेको जानकारी दिनुभयो ।

१० बिघा मध्य क्षेत्रफलमा नै पार्कमा सवारीसधान पार्किङका लागि ढलान गरेर पक्की संरचना बनाउने देखि अन्य बिभिन्न भौचिक संरचनाहरु बनाउने कार्य जारी रहेको बताउनुभयो । उहाँले १० बिघा जग्गामा सबैभन्दा उत्तर तर्फको लालबंगला भएको जग्गामा शहरी विकास मन्त्रालयले ६० करोड रुपैयाँको लागतमा २ हजार दर्शक क्षमता भएको सभागृह निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । त्यस बाहेक अहिले ८ बिघा जग्गामा पार्क सहितका तीनवटा संरचना बनाउनका लागि पर्खाल लगाउन थालिएको जानकारीे दिनुभयो । नगरप्रमुख सरावगीले २ बिघामा सवारी सधानका लागि पार्किङ स्थल अहिले बनाउन थालिएको र २ बिघामा सभा सम्मेलन महोत्सव आयोजनाका लागि खुल्ला मन्च र बाँकी ४ बिघा जग्गामा उद्यान अर्थात् पार्क नै बनाइने बताउनुभयो ।यी तीन वटै संरचनाको अनुमानित लागत ३५ करोड रुपैयाँ रहेको पनि सरावगीले बताउनुभयो ।

पार्कमा घुम्न आउनेहरुलाई पनि सवारी सधान पार्किङ गर्ने ठाउँ चाहिन्छ, त्यसैले त्यहाँ अहिले पहिलो चरणमा पार्किङस्थल बनाउन थालिएको हो,उहाँले भन्नुभयो ।त्यस बाहेक अहिले पर्खाल उठाएर घेराउ गरिएको ८ बिघा जग्गामा पार्क सहितका तीनवटा संरचना बनाउन थालिएको उहाँले बताउनुभयो ।पार्क (उद्यान) बनाउने शर्तमा तत्कालीन नेपाल यातायात संस्थानसँग २०६० सालमा महानगरपालिकाले १० करोड रुपैयाँमा १० बिघा जग्गा खरिद गरेको थियो ।त्यस बेला यातायात संस्थानको स्वामीत्वमा रहेको उक्त जग्गा, तत्कालीन सरकारले विपी उद्यान निर्माण गर्ने शर्तमा मात्रै तत्कालीन उपमहानगरपालिकालाई बिक्री गरेको थियो ।