डिभिजन वन कार्यालय बझाङद्वारा वृक्षारोपण

294
Shares

ललित सिंह, बझाङ ।

डिभिजन वन कार्यालय बझाङको आयोजनामा जयपृथ्वी नगरपालिका ३ पानकोट व्यारेकको मुन्तिर भिडमुनि भन्ने ठाउँमा ४ सय बोट वृक्षारोपण गरेको छ । सोमबार वन डिभिजन कार्यालयका कर्मचारी,प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकार लगाएतको सहभागितामा लहरे पिपल,बैस, कपुर, पैयुँ, पागर, इपिल, टाँकी, कोइराल,लगाएतका विभिन्न बोटहरु वृक्षारोेपण गरिएको हो ।

जिल्ला डिभिजन वन कार्यालयले नर्सरीमा करिब १ लाख ९० हजार विभिन्न जातका विरुवाहरु उत्पादन गरेको छ । सामुदायिक वन, निजि वन, र व्यक्तिहरुले अहिले सम्म १५ हेक्टर भन्दा बढीमा बोटहरु वृक्षारोपण गरिएको विभिन्न जातका बोटहरु समेत वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण बहादुर खातीले बताउनुभयो । प्रमुख खातीले भन्नुभयो, ‘नांगा डाँडा हरियाली बनाउन, वातावरण सफा राख्नुका साथै पहिरो जाने ठाउँमा पहिरो रोकथाम गर्न समेत उक्त बोटहरुले मदत पुग्ने उदेश्यले प्रत्येक बर्ष जिल्ला भरी वृक्षारोपणको अभियान समेत संचालन गर्ने गरेका छौ । ’

वृक्षारोपण कार्यक्रम सुदुरपश्चिम प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्र्तगतको कार्यक्रम रहेको र डिभिजन वन कार्यालय बझाङले पनि यसलाई निरन्तरता दिएकोले वृक्षारोपणले नांगा डाँडा हरियाली बनाउनुका साथै अन्य क्षेत्रमा समेत यसले फाइदा गर्ने भएकाले वृक्षारोपण एक महत्वपुर्ण काम रहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । साथै अधिकारीले बोटहरु रोपेर मात्र नभएर त्यसको संरक्षण गर्नु पनि उतिकै आवश्यकता भएकाले सबैले आ–आफ्नो ठाउँबाट बोटविरुवा जोगाउनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।