हेमोडायलाइसिस युनिट सञ्चालन

350
Shares

काठमाडौं (नेस) ।

नेपाली सेना र काठमाडौं महानगरपालिका बीच वीरेन्द्र अस्पताल छाउनीमा हेमोडायलाइसिस (मृगौलासम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारीअनुरुप काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्तरूपमा वीरेन्द्र अस्पतालमा खडा भएको हेमोडायलाइसिस युनिटको उद्घाटन गर्नुभएको छ ।

महानगरपालिकाबाट प्राप्त भएको ३ करोड रकमबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडायलाइसिस मेसिन ८ वटा, रिप्रोसेसिङ मेसिन १ थान, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको तथा सञ्चालनका लागि आवश्यक जनशक्ति ७ जनासमेत महानगरपालिकाले नै उपलब्ध गराउने छ ।

उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मृगौलाका बिरामीलाई निःशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजना अनुसार ८ वटा हेमोडायलाइसिस मेसिनबाट ४८ जना बिरामीलाई साताको दुईपटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ ।