थापालाई दज्र्यानी चिह्न प्रदान

490
Shares

काठमाडौं, (नेस) ।

प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वताअनुरूप नयाँ ऊर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभएको थियो ।

संगठनको थप सुदृढीकरण र विकासका लागि व्यावसायिकता र पेसागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिँदै स्वमूल्यांकन गरेर पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकाले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने क्षेत्रीले उल्लेख गर्नुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल सरकार एवं प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र इमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उहाँको भनाइ छ ।