हुम्लाका स्थानीय तहको बजेट साढे २ अर्ब

126
Shares

अर्जुन बोहरा, हुम्ला ।

जिल्लाका सात वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि २ अर्ब ४६ करोड ५४ लाख ३२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

अधिकांश गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७८/७९ का लागि गाउँसभामा सिमकोट, खार्पुनाथ, अदानचुली, ताँजाकोट, चंखेली, सर्केगाढ र नाम्खा गाउँपालिकाले सो बजेट ल्याएका हुन्।सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले २०७८÷७९ को बजेटमा सडक, मर्मत सम्भार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ४६ करोड ४६ लाख ४५ हजार रुपियाँको बजेट विनियोजन गरेको छ ।

त्यसैगरी खार्पुनाथ गाउँपालिकाले पनि ३६ करोड ६९ लाख ११ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । जिल्लाको दक्षिण भेगमा रहेको बाजुरासँग जोडिएको ताँजाकोट गाउँपालिकाले ३१ करोड १९ लाखको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । सडक, पहिरो पीडितका लागि पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ । दक्षिणमा रहेको अर्को अदानचुली गाउँपालिकाले सडकसहित स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राख्दै आगामी वर्षको लागि २७ करोड ९८ लाख ६२ हजार रुपियाँको बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष दलबहादुर फडेराले बताउनुभयो । त्यस्तै नाम्खा गाउँपालिकाले पनि आर्थिक वर्ष २०७८/७९ का लागि ३२ करोड २२ लाख ३९ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै विद्युतीय सेवालाई पहिलो प्राथमिकता दिएको छ । पाँचौ गाउँसभाले सबै वडामा विद्युतीय सेवालाई प्राथमिता क्रममा यारी र हिल्सा क्षेत्रका लागि विद्युतर्् पहिलो प्राथामिकता दिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । चंखले गाउँसभामा ३२ करोड ३६ लाख ५३ हजारको बजेट पास गरेको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिनुभयो । बजेटमा शिक्षा स्वास्थ्य, कृषि, विद्युत्, सडक लगायतको क्षेत्रमा जोड दिइएको छ ।