भिडियोमा निष्ठुरी

154
Shares

गायक वेदु सारूमगरले नयाँ गीत तिमी निष्ठुरी हौ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

गीत गायक मगर र दिनेश सुवेदीले संयुक्तरूपमा लेखेका हुन्। गीतमा गायक मगरको नै संगीत छ, संगीत संयोजन दीक्षित पौडेलको छ। प्रेम जोडीबीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन्। भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका छन् भने स्वर्णिम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको छ। भिडियो गायक मगरको युट्युब च्यानल वेदु सारू मगरमा सार्वजनिक गरिएको हो।