पुरुष प्रहरीका सामु महिलालाई लुगा खोल्न लगाइयो


न्युयोर्क, (एजेन्सी) ।

एकजना ३१ वर्षीया काला जातिका महिलालाई प्रहरी कार्यालको थुनामा नाङ्गो पार्न बाध्य पारिएको आरोपमा अमेरिकाको इलिनोइसस्थित म्याकडोनोग काउन्टी सेरिफको कार्यालयको अहिले निकै आलोचना भइरहेको छ ।

अँंशिकरूपमा आँखाले समेत नदेखिने पीडित महिला एरियल ह्यारिसनले भनेकी छन्– ‘मलाई सडकमा प्रहरीले अचानक मेरो कारबाट बाहिर ताने । तिनीहरूले बिना कुनै कारण बताएर त्यस्तो व्यवहार गरेका थिए । त्यसपछि तीन सन्तानकी आमा उनलाई जेलको कोठामा पुरुष अधिकारीहरू सामु लुगा खोल्न बाध्य पारिएको थियो । सन् २०१९ को २६ अक्टोबरमा म्याकोब काउन्टीको एउटा रक्सी पसलबाट निस्केका उनलाई जथाभावी कार चलाएको आरोपमा प्रहरीले रोकेका थिए ।

उनलाई प्रहरीले रक्सी पिएर कार चलाएको आरोप लगाएका थिए । भाइस न्युजका अनुसार, तर उनले त्यतिबेला आफूले रक्सी नपिएको अडान अहिले पनि दोहोर्‍याउने गरेकी छिन् । उनका अनुसार उनलाई गस्ती प्रहरी कारमा राखिए पनि हत्कडी भने लगाइएको थिएन ।
अहिले सार्वजनिक भएको सो घटनाको भिडियो फुटेजमा एक महिला र दुई पुरुष अधिकारीले उनलाई लुगा खोल्न दबाब दिइरहेको स्पष्टै देखिन्छ ।

उनले आफूमाथि यौन दुव्र्यवहार हुन सक्ने डरले त्यहाँको महिला प्रहरीलाई अन्य पुरुष प्रहरी सामु लुगा खोल्दिन भन्दा ती महिला प्रहरीले तिनीहरू उनीसँग नभई आफूसँग बसिरहेको अशिष्ट जवाफ दिएको बताएकी छन् ।

अहिले उनी आक्रामक व्यवहार गरेको, रक्सी पिएर सवारी हाँकेको जस्ता अभियोगमा पाँचदेखि सात वर्ष लामो कारावास सजाय भोग्दै छिन् । उनले आफ्ना ६, १२ र १३ वर्ष उमेरका सन्तानसँग विगत एक वर्षभन्दा लामो समयदेखि भेट्न पाएकी छैनन् । तर, प्रहरी विभागले भने यस घटना सिलसिलामा आफ्नै अधिकारीहरूको पूर्ण समर्थन गरिने जनाइसकेको छ ।