फ्लाइट एटेन्डेन्टको अनुशासन सेनाको जस्तै


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाकी एकजना फ्लाइट एटेन्डेन्टले विमानभित्र यात्रुहरूले गर्ने गल्तीहरूदेखि आफूले पालना गर्नुपर्ने कडा नीति नियम जस्ता आफ्नो जागिरसम्बन्धी गोप्य तथ्यहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

संसारमा सम्पूर्ण जागिरका आ–आफ्नै नियम र मार्ग निर्देशनहरू हुने गर्दछन् । तर, केही जागिरका नियम र अनुशासन भने सोचिएभन्दा निकै कडा हुने गर्छन् । नियम र अनुशासन भन्नासाथ सेनाको जागिरमा अति कडा हुने सबैलाई थाहा भएकै हो । तर, ‘क्याट क्यामलानी’ नामक यी फ्लाइट एटेन्डेन्टले टिकटकमार्फत आफ्नो जागिर पनि सेनाको भन्दा कम नभएको रहस्य खोलेकी छन् । उनको टिकटकमा ६ लाख ८२ हजार भन्दा बढी फलोअर छन् ।

समय समयममा आफ्नो भिडियोमार्फत भाइरल भइरहने उनी यसपालि पुनः एकचोटि क्याबिन क्रुले पालना गर्नुपर्ने अत्यन्तै कडा नियम र अनुशासनबारे बनाइएको भिडियोबाट भाइरल बनेकी छन् । उनले केश र लिपिस्टिकको रंग, लुगा, टाई बाँध्ने तरिका, टाटुदेखि लिएर नङसम्म ध्यान पुर्‍याइनुपर्ने र कतै एउटा मात्र गल्ति भेटिएको खण्डमा पनि ठूलो समस्यामा पर्ने बताएकी छन् ।