ईशानले ल्याए दिलमा

154
Shares

द भ्वाइस अफ नेपाल सिजन—३ को नकआउटबाट बाहिरिएका गायक इशान राईको यो दिलमा बोलको गीत विशाल चौतारी टिभी युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

गीतमा वर्षा राईको शब्द तथा महाराज थापा संगीत र एरेन्ज रहेको छ। ईशानले धरानकी सान्नानी गीतको सफलतापछि यो दिलमा गीतबाट पनि सफलता चाहेको बताएका छन्। यो गीतको म्युजिक भिडियोमा छायांकन र सम्पादन विशाल राईले गरेका छन् ।