हिरासतको ग्रिल काटेर भागे यादव



न्युज अफ नेपाल, लहान।

ईलाका प्रहरी कार्यालय लहानबाट एक जना थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका वाड १ बस्ने पशुपति यादव शनिबार बिहान २ बजेको समयमा हिरासतको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फरार यादवको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त सुवास बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै, घटनाबारे अनुसन्धान चलिरहेको बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्