६२ बोरा चना भन्सार दाखिला



हेटौंडा, (नेस) ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी चौकी मुसहर्वासमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीका क्रममा अवैध चना फेला पारी भन्सार चलान गरेको छ ।

बाराको विश्रामपुर गापा वडा–३ मा भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्र्याएको भन्सार मूल्य करिब १ लाख १६ हजार २ सय ५० मूल्य बराबरको ६२ बोरा (१, ५५० किलो) भुटेको चना बेवारिस अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्जमा बुझाइएको छ । प्रहरीले बिहीबार राति करिब पौने १२ बजे चना बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्