सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

238
Shares

काठमाडौं, (नेस)

सर्वोत्तम सिमेन्टले नेपाल गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । जुन नेपालमा उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो ।

स्थापनाकालदेखि उपभोक्ताको विश्वास जित्न सफल सर्वोत्तम सिमेन्टदेशका विभिन्न महत्वपूर्ण आधार स्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरु जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन तथा वीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस ब्रान्डले ४३ ग्रेडका सिमेन्ट उत्पादन गरी गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको छ ।