ओम र कविताको सांगीतिक कसम

616
Shares

गायक गायिका ओम सुनार र कविता श्रेष्ठको तिम्रो कसम बोलको गीत हालै आकर्षक म्युजिक भिडियोसहित राग म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको छ।

सार्वजनिक गीतमा ओम सुनारको शब्द र संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा अभिनेता अलि खान र अभिनेत्री पूजा तिवारीको साथमा गायिका तथा मोडल सुमी खड्काको अभिनय रहेको छ। विभिन्न आकर्षक लोकेसनमा खिचिएको म्युजिक भिडियोलाई दर्शकले रुचाउने भिडियोका निर्देशक अर्जुन भण्डारीले आशा व्यक्त गरे। भिडियोमा दर्जनौं पाकिस्तानी फिल्ममा छायांकन गरिसकेका इकबाल अंजुमको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको छ। अमिर खानको निर्माण रहेको म्युजिक भिडियो गायक समुद्र खतिवडाको सह-निर्माणमा बनेको हो।